CLI
Global College

दिव्यश्वरी हाइड्रोपावरको घाटा बढ्यो, प्रति शेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरको घाटा बढेको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा घाटा बढेको देखिएको हो।

गत आवको चौथो त्रैमाससम्म कम्पनीको घाटा ३ करोड ९१ लाख ३० हजार रुपैयाँ रहेको छ। अघिल्लो आवमा कम्पनीको घाटा ३ करोड ८२ लाख ४४ हजार रुपैयाँ थियो। हाल कम्पनीको घाटा ८ लाख ८६ हजार रुपैयाँले बढेको हो।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै घाटा बढेको वित्तीय विवरणमा देख्न सकिन्छ। गत आवमा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ८ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आवमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८ करोड ६० लाख २८ हजार रुपैयाँ थियो। एक वर्षको अवधिमा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी ५१ लाख ७४ हजार रुपैयाँ गुमाएको छ।

हाल कम्पनीको प्रति शेयर आम्दानी १४.८२ रुपैयाँ ऋणात्मक छ। यस्तै प्रति शेयर नेटवर्थ ७.८२ रुपैयाँ ऋणात्मक छ।

२६ करोड ४० करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष २९ करोड ७८ लाख रुपैयाँ ऋणात्मक छ।

Leave Your Comment

Related News