SKIP THIS

NCELL

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको आफ्नो नाममा रहेको १,०८,००० कित्ता संस्थापक शेयर  बिक्रीमा रहेको छ ।

बैङ्कले यसअघि बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राधिकार बिध्यमान संस्थापक शेयरधनिको हुने कानुनी प्रावधान बमोजिम संस्थापक शेयरधनीलाई सो शेयर खरिदको लागि आव्हान गरेको थियो । सो समय भित्र हाल रहेका संस्थापक शेयरधनीबाट कुनै माग नआएको कम्पनीले जनाएको छ ।

संस्थापक शेयर खरिद गर्न चाहने ब्यक्ति संस्थालाई बैङ्कले ७ दिन ( सो दिन सार्वजनिक बिदा परेमा सो लगत्तै कार्यालय खुलेको दिन) कार्यालय समय भित्र आवश्यक कागजात सहित बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं १० बानेश्वरमा रहेको कानून विभागमा लिखित आवेदन माग गरेको छ ।

संस्थापक शेयर खरिद गर्ने व्यक्ति संस्थापक समूह भित्र नै समावेश हुने बैङ्कले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार