समता घरेलु लघुवित्तको झण्डै १५ लाख सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रवार समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपश्चात थप भएको १४ लाख ८४ हजार ७८५ कित्ता शेयर सूचीकृत भएको हो ।

सूचीकरण विनियमावली, २०७५ बमोजिम स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुनका लागि निम्न बमोजिमका शर्तहरु पालना गर्ने गरी २०८१ साउन १८ को निर्णयानुसार सूचीकृत भएको हो ।

आज सूचीकृत सेयर मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः१ को स्वाप अनुपातमा प्राप्ति (एक्विजिशन) पश्चात समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा थप हुन आएको सेयर हो । उक्त सेयरहरु अंकित मूल्य १०० रुपैयाँ दरको धितोपत्र क्रम संख्या ४१ लाख ५५ हजार २७९ देखि ५६ लाख ४० हजार ६३ सम्मको सूचीकृत भएका छन् ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा धितोपत्रको सूचीकरण भएसँगै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सूचीकरण खारेज गरिएको नेप्सेले जनाएको छ । यससँगै एकीकृत संस्थाको चुक्ता पुँजी ५६ करोड ४० लाख ६३० रुपैयाँ पुगेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार