साताको सेयर : नेप्से सँगै कारोबार रकम २२ अर्बले बढ्यो

काठमाडौं । सेयर बजार निरन्तर बढ्दा सेयरका अधिकांश सूचकहरु सकारात्मक रहेका छन् । यो साता कारोबार रकममा २२ अर्ब रुपैयाँले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यो साता कुल कारोबार रकम ९६ अर्ब ३१ करोड १० लाख रुपैयाँ रहयो । जुन गत साता भन्दा २२ अर्ब ६९ करोड ४४ लाख रुपैयाँले बढी हो । गत सातामा ७३ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ कारोबार रकम थियो ।

कारोबार रकम वृद्धि सँगै यो साता कारोबार भएको सेयर कित्ता संख्या समेत बढेको छ । यो साता २३ करोड ७ लाख ६६ हजार हजार शेयर कित्ता कारोबार भएको छ । जुन अघिल्लो साताको तुलनामा ३ करोड ३६ लाख ८३ हजार कित्ताले बढी हो । गत साता १९ करोड ७० लाख ८३ हजार कित्ता शेयर कारोबार भएको थियो । यो साता बजार पूँजीकरण रकम ४३ खर्ब ७२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । जुन गत साता भन्दा २ खर्ब ९७ अर्ब रुपैयाँले बढेको हो । गत साता ४० खर्ब ७४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।

नेप्से परिसूचक यो साता २७५५.६२ अंकमा पुगेको छ । जुन गत साता भन्दा १८७.४९ अंकले बढी हो । गत साता २५६८.१३ अंकमा पुगेर नेप्से बन्द भएको थियो । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स यो साता ४९२.७५ अंकमा पुगेर बन्द भएको थियो । जुन अघिल्लो साताको तुलनामा ३२.७ अंकले बढी हो । अघिल्लो साता सेन्सेटिभ इन्डेक्स ४६०.०५ अंकमा पुगेर बन्द भएको थियो ।

 

यो साता अधिकांश समूह परिसूचकहरु बढेका छन् । गत साताको तुलनामा यो साता बैकिङ ९ प्रतिशत, विकास बैंक ७ प्रतिशत, वित्त २० प्रतिशत, होटल र पर्यटन १० प्रतिशत, जलुविद्युत ५ प्रतिशत, लगानी ३ प्रतिशत, जीवन बीमा ९ प्रतिशत, उत्पादन र प्रशोधन १ प्रतिशत, म्युअुचल फण्ड ३ प्रतिशत, निर्जिवन बीमा ५ प्रतिशत र अन्य समूह ०.३ प्रतिशतले बढेको हो भने लघुवित्त ७.९७ प्रतिशत, व्यापार ३.४५ प्रतिशतले घटेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार