नयाँ मौद्रिक नीति आएपछि सेयर मार्केटमा नयाँ गति देखिएको छ: पूर्वअर्थमन्त्री महत

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले नयाँ मौद्रिक नीति आएपछि सेयर मार्केटमा नयाँ गति देखिएको बताएका छन् ।

उनले सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सो कुरा बताएका हुन् । प्रवक्ता महतले खुलुको मौदिक नीति र काँग्रेस एमाले सरकारले मुलुकमा स्थायित्व दिनसक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिन बढ्दै जाने देखिएको तर्क समेत गरे । उनले सेयर बजारमा भने बिना आधार उकालो चढिरहेको भन्दै यसमा कडा निगरानी राख्न सरकारलाई सचेत गराए । प्रवक्ता महतले केहीको चलखेलका कारण सेयर बजार उकालो लागेको हुनसक्ने औंल्याउँदै सर्वसाधरणलाई यसमा लगानी गर्ने कुरामा सचेत हुन पनि आग्रह गरे ।

उनले भने, ‘काँग्रेस र एमालेको जुन संयुक्त सरकार बनेको छ । त्यसले पनि आम जनमानसमा एउटा विश्वास र भरोसा बढेको कारणले पनि आर्थिक गतिविधि आउने दिनमा बढ्छ भन्ने कुरामा म विश्वस्त छु । तर त्यो भनेर हामीलाई निष्क्रिय हुने छुट छैन । नयाँ मौद्रिक नीति आउँदै गर्दा सेयर मार्केटमा नयाँ गति देखिएको छ । तर यो सेयर मार्केटमा जसरी बुल स्ट्रेन्थ देखिएको छ । त्यसलाई हामीले सहज रुपमा लिनसक्ने अवस्था छैन ।’

प्रवक्ता महतले सर्वसाधारणको लगानी सेयर बजारमा डुब्नसक्ने खतरा रहेको औंल्याउँदै त्यसो हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार