झण्डै २ अर्बले बढेको सेयर बजारमा यस्ता छन् २० वटा उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं । सेयर बजारमा सुधार भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर बजार १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २७.२२ अंकले घटेर ४६४.५६ विन्दुमा पुगेर बन्द भएको छ ।
बुधबार ८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । मंगलबार ३२२ वटा कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँ रह्यो । सोमबारको तुलनामा मंगलबार कारोबार रकम १ अर्ब ८५ करोड १७ लाख २४ हजार रुपैयाँले बढेको छ । बजार पूँजीकरण रकम भने ४२ खर्ब ८ अर्ब ४६ करोड ९५ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

मंगलबार १३ वटा समूह सूचक सम्पूर्णएको सेयर मूल्य घटेको छ । बैकिङ ९२.३६, विकास बैंक २९२.८९, वित्त २८१.८०, होटल र पर्यटन ६२४.८७, जलविद्युत १६२.१५, लगानी ७.२५, जीवन बीमा ८७०.१४, उत्पादन र प्रशोधन ३६९.२३, लघुवित्त २०५.१७, म्युअुचल फण्ड ०.३४, निर्जीवन बीमा ६८६.८१, व्यापार २२६.४४ र अन्य २८.९८ अंकले घटेको छ ।
मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, सीइडीबी हाइड्रोपावर , सानिमा माई हाइड्रोपावर र शिवम सिमेन्ट रह्यो । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ, नेपाल रिइन्स्योरेन्स कम्पनीको ४८ करोड ३६ लाख रुपैयाँ, सीइडीबी हाइड्रोपावरको ४३ करोड १८ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४२ करोड २३ लाख रुपैयाँ र शिवम सिमेन्टको ४१ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार