पौने ६ अर्बले घटेको सेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । सेयर बजारमा आज सुधार देखिएको छ । मंगलबार १४५.०५ अंकले घटेको सेयर बजार बुधबार भने ४.०८ प्रतिशतले बढेको छ । साताको चौथो दिन बुधबार सेयर बजार १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १८.९० अंकले बढेर ४८३.४६ विन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार २३९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज ३३० वटा कम्पनीको ३ करोड ८० लदाख ४१ हजार २६७ कित्ता सेयर २ लाख १२ हजार ६८१ पटक कारोबार हुदाँ कारोबार रकम भने १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँ रह्यो । जुन मंगलबारको तुलनामा ५ अर्ब ७६ करोड ५७ लाख ९८ हजार रुपैयाँले कमी हो । मंगलबार ३२२ वटा कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँ रह्यो ।

बुधबार १३ वटा समूह सूचकको सेयर मूल्य बढेको छ । बैकिङ ३३.८५, विकास बैंक २२९.९४, वित्त २३८.२६, होटल र पर्यटन ३६७.५०, जलविद्युत १८५.८१, लगानी ४.१४, जीवन बीमा ५१०.९८, उत्पादन र प्रशोधन २६४.०७, लघुवित्त १११.८७, म्युअुचल फण्ड ०.२१, निर्जीवन बीमा ४००.५७, व्यापार २००.७६ र अन्य १७०.७४ अंकले बढेको छ ।
बुधबार सबैभन्दा बढी कारोबार हुनेमा कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सानिमा माई हाइड्रोपावर, शिवम सिमेन्ट र चिलिमे हाइड्रोपावर रह्यो । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ, नेपाल फाइनान्सको ६५ करोड ५५ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ५५ करोड ७३ लाख रुपैयाँ, शिवम सिमेन्टको ४६ करोड २१लाख रुपैयाँ र चिलिमे हाइड्रोपावरको ३५ करोड रुपैयाँ बर।बरको कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार