काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड ९सेबोन० सँग अनुमति मागेको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आईपीओ निष्कासनका लागि सेबोनसँग अनुमति मागेको हो ।
पिपुल्सलाई आईपीओ जारी गर्न विद्युत् नियमन आयोगले गत साउन २२ गते सहमति दिएको थियो ।
आयोगबाट सहमित प्राप्त गरेसँग आईपीओ जारी गर्न पिपुल्सले सेबोनमा आवेदन दिएको हो।
सेबोनबाट अनुमति प्राप्त भएपछि कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने छ ।
कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल र सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।
कम्पनीले दोलखा र रामेछापको सीमा नदी खिम्ती खोलामा ४८।८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
२०८१ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको ९० प्रतिशत सिभीलको निर्माण सम्पन्न भइसकेको छ।


