CLI

बिधुत प्राधिकरणले बुझायो लेखा समितिलाई टीओडी मिटरसहितको विवरण

काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले संसदको सार्वजनिक लेखा समितिमा उद्योगहरुले प्रयोग गरेको डेटिकेटेड तथा ट्रंक लाइनको विवरण बुझाएको छ ।

शुक्रबारको लेखा समितिको बैठकले विद्युत प्राधिकरणसँग टीओडी मिटरसहितको विवरण माग्ने निर्णय गरेको थियो । प्राधिकरणसँग टीओडी मिटरको विवरण मागेर ५ दिनमा प्रतिवेदन बनाउने र त्यसपछि बस्ने बैठकले निर्णय गर्ने लेखा समितिले निर्णय गरेको छ ।

शुक्रबार लेखा समितिमा डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद विषयमा छलफल भएको थियो । बैठकमा उद्योगी, विद्युत नियमन आयोग, प्राधिकरण, ऊर्जा मन्त्रालय, महालेखालगायतसँग छलफल गरेको थियो ।

बुधबार नै प्राधिकरणले टीओडी मिटरको डेटासहितको विवरण पठाउन लागेको थियो । पठाउनु अघि सबै कागजातहरु कुनै गल्ती नहोस् भनेर पुन: हेर्ने निर्णय भएकाले बिहीबार प्राधिकरणले विवरण पेस गरेको हो ।

प्राधिकरणले मन्त्रिपरिषद्ले निर्देशन दिएको भन्दै ६ अर्ब ६० करोड रुपैयाँ उठाउन उद्योगीहरुलाई पत्र काटेपछि विवाद बढेको हो । उद्योगीहरुले टीओडी मिटरको रेकर्ड नदिएसम्म बक्यौता नतिर्ने बताएका छन् । उद्योगीहरुले प्राधिकरणले पठाएको अतिरिक्त शुल्कसहतिको उक्त विल फर्जी भएको दाबी गर्दै आएका छन् ।

प्राधिरकणले ७० हजार पेजको विवरणलाई १८ वटा पोकामा बाँधेर लेखा समितिमा पठाएको हो ।

लेखा समितिले डेटिकेटेड तथा ट्रंक लाइनको विवादबारे यसअघि गठन भएका मनोज मिश्र र भक्तबहादुर पुन नेतृत्वको समितिले दिएका प्रतिवेदन पनि माग गरेको थियो ।

 

Leave Your Comment

Related News