SKIP THIS

NCELL

रुरुजलविद्युत आयोजनाको मुनाफा ७ करोड बढी

काठमाडौं । रुरुजलविद्युत परियोजना लिमिटेडको मुनाफा ७ करोड रुपैयाँ भन्दा बढी रहेको छ । कम्पनीले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०८०÷८१ मा ७ करोड ३६ लाख ७७ हजार रुपैयाँ मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तुलनामा गत आर्थिक वर्षमा ४० लाख ११ हजार रुपैयाँले नाफामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७९÷८० मा कम्पनीको ६ करोड ८८ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै कम्पनीको गत आर्थिक वर्षको आम्दानी १३ करोड ६२ लाख ३७ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षए २०७९÷८० मा १३ करोड ४९ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै कम्पनीको कुल सम्पत्तिमा भने कमी आएको छ । कुल सम्पत्ति गत आर्थिक वर्षमा ७८ करोड ८३ लाख ९२ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा ८० करोड ७४ लाख २८ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल दायित्व गत आर्थिक वर्षमा ११ करोड २६ लाख ५७ हजार रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०७९÷८० मा १५ करोड ४८ लाख ६१ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा कम्पनीको इक्विटी ६७ करोड ५७ लाख ३५ हजार रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९÷८० मा ६५ करोड २५ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै कम्पनीको गत आर्थिक वर्षमा शेयरको अधिकतम मूल्य ७१३ रुपैयाँ र न्यूनतम मूल्य ४८४ रुपैयाँ ९ पैसा रहेको थियो भने सो वर्ष कुल कारोबार संख्या १७ लाख ८६ हजार ८१९ र कुल कारोबार रकम १ अर्ब ६ करोड १७ लाख ३८ हजार ४३७ रुपैयाँ ७६ पैसा रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७९÷८० मा भने शेयरको अधिकतम मूल्य ८१६ रुपैयाँ, न्यूनतम मूल्य ६९८ रुपैयाँ २ पैसा रहेको थियो भने सो वर्ष कुल कारोबार संख्या ३३ हजार ७९९ र कुल कारोबार रकम २ करोड ५५ लाख २२ हजार ५ रुपैयाँ ६ पैसा रहेको थियो । यसरी हेर्दा शेयर मूल्यमा गिरावट आए पनि कारोबार संख्या र रकममा भने वृद्धि भएको पाइन्छ ।
गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ९८ पैसा र मुल्य आम्दानी अनुपात ४७.७४ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार