काठमाडौं । मध्यभोटोकोशी जलविद्युतको कम्पनीको आम्दानी १ करोड ४ लाख ४२ हजार रुपैयाँले घटेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी उक्त आकारले घटेको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ असारसम्मको आम्दानी २ करोड ६६ लाख रुपैयाँ रहेको बताएको छ । कम्पनीको आर्थिक वर्ष २०७९/ ८० मा कम्पनीको आम्दानी ३ करोड ७० लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै कम्पनीको नाफमा पनि गिरावट आएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको नाफामा २ करोड ५७ लाख ४३ हजार रुपैयाँले कमी आएको छ । आर्थिक वर्ष २०८०८१ असारसम्म कम्पनीको नाफा २ करोड ८ लाख ५७ हजार रुपैयाँ रहेको छ । भने आर्थिक वर्ष २०७९ ८० मा कम्पनीको नाफा ४ करोड ६६ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चालन मुनाफमा पनि गिरावट आएको छ । आर्थिक वर्ष २०८०/८१ असारसम्म कम्पनीको सञचालन मुनाफा ४ करोड ३२ लाख ७३ हजार रुपैयाँ रहेको छ । भने आर्थिक वर्ष २०७९ /८० मा कम्पनीको सञ्चालन मुनाफा ५ करोड ६० लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ असारसम्म कम्पनीको प्रति शेयर आम्दानी ३५ पैसा , प्रति शेयर नेटवर्थ ९३ रुपैयाँ १० पैसा रहेको छ भने प्रति शेयर कुल सम्पत्तिको मूल्य ३३३ रुपैयाँ ४० पैसा रहेको छ । कम्पनीको तरलताको अनुपात ०.७२ रहेको छ । शेयरको अधिकतम मूल्य ३३० रुपैयाँ र न्यूनतम मूल्य २७९ रुपैयाँ ३० पैसा रहेको छ भने कारोबार संख्या १८ हजार ७३० र कुल कारोबार भएको शेयर संख्या १४ लाख ९३ हजार ८४१ पटक रहेको छ ।