करिब ७ खर्ब पुग्यो जीवन बीमाहरुको लगानी, सबैभन्दा बढी लगानी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । मुलुकमा रहेको १४ वटा जीवन बीमा कम्पनीहरुको लगानी करिब ७ खर्ब रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०८१ असारसम्म १४ वटा जीवन बीमा कम्पनीहरुको लगानी ६ खर्ब ८२ अर्ब २९ करोड २२ लाख रुपैयाँ रहेको छ । उक्त जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी लगानी गर्ने जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स र हिमालयन लाइफ रहेको छ ।

समीक्षा अवधिमा नेपाल लाइफ २ खर्ब ३ अर्ब १४ करोड १२ लाख रुपैयाँ, लाइफ इस्योरेन्स १ खर्ब १९ करोड ६९ लाख रुपैयाँ, हिमालयन लाइफ ६५ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थान ४९ अर्ब २४ करोड ८३ लाख रुपैयाँ, नेशनल लाइफ ६४ अर्ब ३२ करोड ३० लाख रुपैयाँ,मेट लाइफ २८ अर्ब ६५ करोड ५० लाख रुपैयाँ,एशियन लाइफ ४१ अर्ब १२ करोड ५३ लाख रुपैयाँ,आइएमइ लाइफ १५ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ,सन नेपाल लाइफ ११ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ,रिलायन्स नेपाल १६ अर्ब ३० करोड ४५ लाख रुपैयाँ,सिटिजन लाइफ १९ अर्ब २४ करोड ५ लाख रुपैयाँ,सुर्यज्योति ३४ अर्ब ८२ करोड १ लाख रुपैयाँ,सानिमा रिलयान्स १८ अर्ब २३ करोड ३५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ १४ अर्ब ७९ करोड ६० लाख रुपैयाँ बराबरको लगानी रहेको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा उक्त जीवन बीमा कम्पनीहरुले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र ३ अर्ब १० करोड ३९ लाख रुपैयाँ, वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४ खर्ब ६१ अर्ब ११ करोड ७१ लाख रुपैयाँ , पूर्वाधार बैंकको मुद्दती निक्षेपमा ९ अर्ब २७ करोड ४० लाख रुपैयाँ, विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४३ अर्ब ९९ करोड १५ लाख रुपैयाँ,वित्त कम्पनी तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ६ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ,सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १९ अर्ब १२ करोड ६४ लाख रुपैयाँ, राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा ५२ अर्ब ७४ करोड २० लाख रुपैयाँ , सूचीकृत पब्लिक लिमिटेडको कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १८ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ,कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायतका नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा ८ अर्ब ५८ करोड ८४ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचअल फन्डमा २ अर्ब ५० करोड २६ लाख रुपैयाँ , इन्भेष्टमेन्ट कम्पनीको शेयरमा ४६ करोड ४५ लाख रुपैयाँ ,अन्य संस्थापक शेयरमा ११ अर्ब ६८ करोड ६५ लाख रुपैयाँ, सुचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको शेयरमा १ अर्ब ८ करोेड ४० लाख रुपैयाँ र अन्य लगानीमा ४२ अर्ब ७६ करोड २९ लाख रुपैयाँ रहेको छ ।

 

राष्ट्रिय बीमा संस्थान ४९ अर्ब २४ करोड ८३ लाख रुपैयाँ
नेशनल लाइफ ६४ अर्ब ३२ करोड ३० लाख रुपैयाँ
नेपाल लाइफ २ खर्ब ३ अर्ब १४ करोड १२ लाख रुपैयाँ
लाइफ इस्योरेन्स १ खर्ब १९ करोड ६९ लाख रुपैयाँ
मेट लाइफ २८ अर्ब ६५ करोड ५० लाख रुपैयाँ
एशियन लाइफ ४१ अर्ब १२ करोड ५३ लाख रुपैयाँ
आइएमइ लाइफ १५ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ
सन नेपाल लाइफ ११ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ
रिलायन्स नेपाल १६ अर्ब ३० करोड ४५ लाख रुपैयाँ
सिटिजन लाइफ १९ अर्ब २४ करोड ५ लाख रुपैयाँ
सुर्यज्योति ३४ अर्ब ८२ करोड १ लाख रुपैयाँ
सानिमा रिलयान्स १८ अर्ब २३ करोड ३५ लाख रुपैयाँ
हिमालयन लाइफ ६५ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ
प्रभु महालक्ष्मी लाइफ १४ अर्ब ७९ करोड ६० लाख रुपैयाँ

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार