झण्डै ४ करोडले घट्यो सर्वोत्तम सिमेन्टको नाफा

काठमाडौं । सर्वोत्तम सिमेन्टको खुद नाफा झण्डै ४ करोड रुपैयाँले घटेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ कम्पनीको खुद नाफा ३ करोड ९५ लाख ८१ हजार रुपैयाँले घटेको हो । बिहीबार अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा १७ करोड ४२ लाख ८६ हजार रुपैयाँ रहेको बताएको छ । आर्थिक वर्ष २०७९/८० मा कमपनीको खुद नाफा २१ करोड ३८ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको आम्दानी भने ९९ करोड ३५ लाख २ हजार रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब ३८ करोड २ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको खर्चमा ९ करोड ९७ लाख १८ हजार रुपैयाँले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खर्च ६१ करोड ३७ लाख ९५ हजार रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०७९/८० मा ७१ करोड ३५ दलाख १३ हजार रुपैयाँ रहेको थियो

कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ३ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेवटर्थ १९८ रुपैयाँ ८३ पैसा, प्रतिशेयर कूल सम्पत्तिको मुल्य २९६ रुपैयाँ ८६ पैसा र तरलता अनुपात १.२२ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार