७ अर्ब ४३ करोड पुग्यो निर्जीवन बीमाको नाफा , सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको नाफामा उछाल आएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरुको नाफा ५५.८० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीहरुले ७ अर्ब ४३ करोड १३ लाख ४ हजार रुपैयाँ नाफा कमाउँदा आर्थिक वर्ष २०७९/८० मा कम्पनीहरुको नाफा ४ अर्ब ८६ करोड ३१ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

१४ वटा निर्जीवन बीमा कम्पनीहरु मध्ये समीक्षा अवधिमा सबैभन्दा बढी नाफामा कमाउनेमा नेपाल इन्स्योरेन्स रहेको छ । समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सको नाफा ८७.७८ प्रतिशतले बढेको छ । नेपालले गत आर्थिक वर्षमा ७० करोड ६ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७९/८० को सोहि अवधिमा नेपालले ३७ करोड ३० लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, समीक्षा अवधिमा सिद्धार्थ प्रिमियर इन्स्यारेन्सको नाफा ८२.५१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा सिद्धाथले ६९ करोड २३ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७९/८० मा सिद्धार्थले ३७ करोड ९३ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ५०.०८ प्रतिशतले बढेको छ । हिमालयनले गत आर्थिक वर्षमा ६६ करोड ७९ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७९/८० मा हिमालयनले ४४ करोड ५० लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा आइजिआई प्रुडेन्सियलको नाफा १५६.६७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कम्पनीको नाफा ६१ करोड २१ लाख ३१ रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको नाफा २३ करोड ८४ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा सगरमाथ लुम्बिनी इन्स्योरेन्सको नाफा २८.७४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा इन्स्योरेनसको नाफा ४७ करोड १२ लाख ६९ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८०मा इन्स्योरेन्सको नाफा ३६ करोड ६४ लाख ४ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा ओरियण्टल इन्स्योरेनसेको नाफा ८३.३६ प्रतिशतले बढेको छ । ओरियण्टलले गत आर्थिक वर्षमा ५९ करोड ६१ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७९/८० मा ओरियण्टलले ३२ करोड ५१ लाख २८ हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा प्रभुको नाफा ११८.१२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षकमा प्रभुको ४९ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा प्रमुको नाफा २२ करोड ५० लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको नाफा १२६.८७ प्रतिशतले वृद्धि भएको छ । शिखरले गत आर्थिक वर्षमा ५१ करोड ३० लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष२०७९/८० मा शिखरले ३० करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा युनाइटेड अजोड इन्स्योरेनसको नाफा ४६.०८ प्रतिशतले बढेको छ । युनाइटेडले गत आर्थिक वर्षमा २७ करोड ४२ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा युनाइटेडको नाफा १८ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा सानिमा जिआइसी इन्स्योरेनसको नाफा ८२.५२ प्रतिशतले बढेको छ । सानिमाले गत आर्थिक वर्षमा ६९ करोड २३ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७९/८० मा सानिमाले ३७ करोड ९३ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो । साथै समीक्षा अवधिमा नेशनल इन्स्योरेन्सको नाफा भने ५०० प्रतिशतले बढी रहेको छ । नेशनलले गत आर्थिक वर्षमा १४ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा नेशनलले २ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा एनएलजी इन्स्योरेन्सको नाफा ३.२५ प्रतिशतले बढेको छ । एनएलजीले गत आर्थिक वर्षमा १३ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष२०७९/८० मा एनएलजीले १३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्सको नाफा भने ऋणत्मक रहेको छ । समीक्षा अवधिमा बीमा कम्पनीको नाफा १८.७९ प्रतिशत र नेकोको २.८१ प्रतिशतले घटेको हो । बीमा कम्पनीले गत आर्थिक वर्षमा ६२ करोड ७३ लाख ९ हजार रुपैया नाफा कमाएको छ । आर्थिक वर्ष २०७९/८० मा बीमा कम्पनीले ७७ करोड २५ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै नेकोले गत आर्थिक वर्षमा ६८ करोड ५७ लाख ११ हजार रुपैयाँ नाफा कमाउँदा आर्थिक वर्ष २०७९/८० मा उसको नाफा ७० करोड ५० लाख १२ हजार रुपैयाँ रहेको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार