सबैभन्दा बढी लगानी रहेको निर्जीवन कम्पनी सिद्धार्थ र राष्ट्रिय बीमाको के केमा छ लगानी ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुमा सिद्धार्थ प्रिमियर इन्स्यारेन्स र राष्ट्रिय बीमा कम्पनीहरुको लगानी सबैभन्दा बढी रहेको छ । कम्पनीमा रहेको लगानी योग्य रकमलाई प्रतिफलयुक्त बनाउने क्रममा सिद्धार्थ प्रिमियर इन्स्यारेन्स र राष्ट्रिय बीमा कम्पनीले
सरकारी तथा निजी  कोषमा १६ अर्ब रुपैयाँ भन्दा बढी रकम लगानी गरेका छन् । कम्पनीका अनुसार गत आर्थिक वर्षमा सिद्धार्थले ८ अर्ब ४६ करोड ३ लाख रुपैयाँ र राष्ट्रिय बीमाले ८ अर्ब ८ करोड ५१ लाख रुपैयाँ गरी कुल १६ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ लगानी गरेका छन् ।

घरजग्गामा भने लगानी शून्य रहेको मध्ये सिद्र्धाथले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ५ अर्ब ९५ करोड ९० लाख रुपैयाँ, विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ७९ करोड ९० लाख रुपैयाँ, वित्त कम्पनी तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १६ करोड ४५ लाख रुपैयाँ, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा ४५ करोड ३१ लाख रुपैयाँ , राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा ८६ करोड ४६ लाख रुपैयाँ ,नागरिक लगानी कोष र म्युचअल फन्डमा ७२ करोड ४ लाख रुपैयाँ, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा १० करोड ५० लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा ३ करोड ३० लाख रुपैयाँ र सुचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको शेयरमा ९५ लाख रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै राष्ट्रिय बीमाले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ६ अर्ब ४९ लाख रुपैयाँ, विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २५ करोड रुपैयाँ, वित्त कम्पनी तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २ करोड रुपैयाँ, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा ७९ करोड ४१ लाख रुपैयाँ, सूचीकृत पब्लिक लिमिटेडको कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १५ करोड रुपैयाँ, नागरिक लगानी कोष र म्युचअल फन्डमा १ करोड ९६ लाख रुपैयाँ र अन्य लगानीमा ३६ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ ।

निर्जीवन बीमकको लगानी निर्देशन २०८० अनुरुप निर्जीवन बीमा कम्पनीहरुले बचतकोष, निक्षेपकोष, कृषि, सेवा लगायतका सरकारका विभिन्न कोषहरुमा लगानी गर्न सक्ने व्यवस्था गरेको छ भने सोहि व्यवस्थामा रही कम्पनीहरुले लगानी गर्दै आएको पाइन्छ । सरकारले तयार गरेको उक्त निर्देशिकामार्फत् निर्जीवन बीमा कम्पनीहरुले कुन कुन क्षेत्रमा कति लगानी गर्ने भन्ने विषयको स्पष्ट व्यवस्था गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार