उच्च अंकले घटेको सेयर बजारमा यी हुन् २० उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं ।  साताको पहिलो दिन सेयर बजार उच्च अंकले घटेको छ भने कारोबार रकम भने झण्डै ५८ करोड रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४.५२ अंकले घटेर ५१९.३४ विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार ६० कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार ३३३ वटा कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर २ लाख १८ हजार ५७८ पटक कारोबार हुदाँ कारोबार रकम १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँ रहन पुग्यो । जुन बिहीबारको तुलनामा ५७ करोड ९९ लाख ४१ हजार रुपैयाँले बढी हो । बिहीबार कारोबार रकम १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ रुपैयाँ रहेको थियो । बिहीबार ३३३ वटा कम्पनीको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता सेयर २ लाख १६ हजार ४५५ पटक कारोबार हुदाँ उक्त कारोबार रकम रहेको हो ।

१३ वटा समूह सूचकहरु मध्ये लघुवित्त समूहको सेयर मूल्य बढ्दा बाँकी १२ वटा समूहको सेयर मूल्य घटेको हो । वित्त ५८.४० अंकले बढ्दा बैकिङ ५६.७४, विकास बैंक १४५.१७, वित्त १३९.३३, होटल र पर्यटन १७७.५०, जलविद्युत १११.४५, लगानी ४.६३ , जीवन बीमा ३६९.४१, उत्पादन र प्रशोधन १५३.७८, म्युअुचल फण्ड ०.३५, निर्जीवन बीमा ३२८.९६, व्यापार ७०.८४ र अन्य ८०.९१ अंकले घटेको हो ।

आइतबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरुमा अपि पावर कम्पनी, हिमालयन रिइन्स्योरेनस, साइन रेसुङगा डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र शिवम सिमेन्ट रह्यो । अपि पावर कम्पनीको ८४ करोड ६८ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेनसको ७३ करोड ४३ लाख रुपैयाँ, साइन रेसुङगा डेभलपमेन्ट बैंकको ५१ करोड ९६ लाख रुपैयाँ , अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३७ करोड १६ लाख रुपैयाँ र शिवम सिमेन्टको ३२ करोड १८ लाख रुपैयाँ बराबर कारोबार भयो ।

 यी हुन् २० उच्च कारोबार गर्ने कम्पनी

 

 

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार