आईएमई लाइफ इन्स्योरेन्सका सीईओ कवि फुयाँलको राजीनामा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँलले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा आइतबार सञ्चालक समितिले स्वीकृत गरेको छ ।

२०७७ साल भदौ ३ गते आइएमई लाइफको सीईओ नियुक्त भएका थिए। उनको कार्यकाल २०८१ भदौ ५ गतेसम्म थियो । गत साता भदौं ७ गते शुक्रबारदेखि फुयाँलको दोस्रो कार्यकाल सुरु भएको थियो ।

दोस्रो कार्यकाल सुरु भएकै दिन उनले राजीनामा दिएका हुन्। राजीनामा दिनुको कारणबारे भने खुलेको छैन ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार