SKIP THIS

NCELL

धितोपत्र बोर्डको अध्यक्ष कानुन सम्वत ढंगले नियुक्ति हुन्छ: विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति नहुने बताएका छन्  ।उनले मंगलवार प्रतिनिधि सभा बैठकमा धितोपत्र सम्बन्धि संशोधन विधेयकमा सांसदहरुले बिध्ययेक माथिको छलफलको क्रममा उठेका  प्रश्नको जवाफ दिने  सो कुरा बताएका हुन्  । सरकार संविधान र कानूनसंम्मत ढङ्गले चल्ने भएकाले बोर्डको अध्यक्ष कानूनी रुपमा विधिसंगत ढङ्गले नियुक्ति हुने बताएका  हुन्  ।

उनले कानून र व्यवस्था भन्दा बाहिर गएर लगानीकर्ता वा भोटबाट छनोट गर्ने कुरा कल्पना गर्न नसकिने उल्लेख गर्दै कानूनी राज्यमा कानून र संविधान भन्दा बाहिर सरकार जान नमिल्ने कुरा सांसदहरुलाई जानकारी हुन आवश्यक रहेको तर्फ स.केत गरेका थिए । उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तमा सरकारले मन लागेको गर्ने छुट नभएको बताउदै सरकारले डियु कोर्षबाट कानूनसम्मत ढङ्गले योग्य र इमान्दार पात्रको छनौट गर्ने प्रतिवद्ता ब्याक्त गरेका छन्  ।

सांसदहरुले छलफलमा  इच्छुकहरुभन्दा बाहिरका पात्रहरुलाई अध्यक्षमा ल्याउनुपर्ने धारणा राखेको भएपनि  प्रतिष्पर्धामा नरहेको व्यक्तिहरु योग्य,सक्षम भएपनि  उसलाई छनौट गर्न नसक्ने प्रष्ट पारेका थिए । उनले बोर्डको अध्यक्षमा गैरराजनीतिक पात्रको खोजी गर्न नसकिने पनि स्पष्ट पार्दै  भने ,‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तका सन्दर्भमा सरकारले मन लागेको गर्ने छुट छैन । विभिन्न तरिकामा अध्यक्ष छनोट गरौं भन्ने छुट हुँदैन । सरकार सविधानको सर्वोच्चता र कानूनको राज सबैले मान्छौं । सविधानको सर्वोच्चता र कानूनको राज लोकतन्त्रको ठूलो सिद्धान्त हो । सरकारका सम्पूर्ण काम कारबाहीहरुलाई संविधान र कानून अनुसार सञ्चालन गर्नुपर्छ । त्यसकारण सरकारले आज धितोपत्र बोर्डको अध्यक्षको छनोट डिम्याट खातावालाहरुको मतदानबाट छनोट गरौं । कुन कानूनी व्यवस्था अन्तर्गत छौं । सरकारलाई त्यो अधिकार दिएको छैन । धितोपत्र बोर्डको अध्यक्षका सन्दर्भमा सांसदको कम्पिटेन पात्र छनौट होस् भन्ने अभिव्यक्तिप्रति सम्मान व्यक्त गर्न चाहन्छु । डियु कोर्षबाट कानून सर्वत ढङ्गले योग्य र इमान्दार पात्रको छनोट गरिनेछ । योग्यता र इमान्दारिताको निरपेक्ष परिभाषा हुन सक्दैन । त्यो प्रतिस्पर्धिहरुका बीचबाट छनोट गर्ने हो । इच्छुकहरुका बीचबाट छनोट गर्ने हो । इच्छुकहरु बाहिर छन् उनीहरुले प्रतिस्पर्धामा भाग लिएन भने छनौट सरकारले गर्न सक्दैन । अध्यक्षमा गैरराजनीतिक पात्रको खोजी गर्नुहुँदैन । हामी दलिय व्यवस्थामा छौं । राजनीतिक दल यो व्यवस्थाको सबैभन्दा ठूलो आधार हो । दल र दलहरुको भूमिका विना अहिलेको व्यवस्था परिकल्पना गर्न सक्दैनौं । हामी निरपेक्ष ढङ्गले दलभन्दा बाहिरको मान्छे खोजी गर्छौं । दल भन्दा बाहिरको मान्छे खोजि गर्न सम्भव होला ? उसले दलिय आस्थाका आधारमा निर्णय गर्ने बेलामा काम नगरोस भनि आग्रह गर्नुजाहेज हो । तर दल भन्दा बाहिरको पात्र खोजि ग¥यो भने अन्यन्त्र कतै बरालिन पुग्छौं । त्यस्तो गरिनु हुँदैन भन्ने लाग्छ । बोर्डमा इमान्दार र योग्य पात्रको विधिसम्मत रुपमा छनोट हुन्छ ।’
उनले धितोपत्र बोर्डको अध्यक्ष दल भन्दा बाहिरको पात्र खोजि गर्यो भने अन्यन्त्र कतै बरालिन पुगिने भन्दै सरकारले त्यस्तो नगर्ने बताए । अर्थमन्त्री पौडेलले पुँजीबजारमा इन्साइडर टे«डिङ,सामाजिक सञ्जालको दुरुपयोग गरेर लगानीकर्तालाई भ्रममा पार्ने नसक्ने र पुँजी बजार बललको रुपमा नभई दिगो रुपमा विकास होस् भन्ने भावका साथ विधेयक संशोधन गर्न लागेको बताए ।

उनका अनुसार झुटो प्रचार,भ्रमक अभिव्यक्ति दिने र लगानीकर्तालाई भ्रममा बनाउन नदिने विषयमा विधेयकले सम्बोधन गर्ने छ । बजारमा अराजकता फैलन नदिने गरी विधेयकमा व्यवस्था गरिएको पनि बताउदै । बजारमा अनुशासनहिनता, स्वेच्छाचारिताका क्रियाकलाप नहुने, लगानीकर्ता पीडित नहुने गरी कानूनको तयारी भएको उनको भनाइ छ । वित्तीय साक्षरताको कमी र केही खेलाडीहरुले बजारलाई प्रभावित बनाउन सक्ने भन्दै त्यसलाई कम गर्न नियमनको प्रभावकारी प्रवन्ध हुने जानकारी जानकारी दिएका थिए ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार