झण्डै ५ अर्बले कारोबार रकम घट्दा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । निरन्तर ओरोलो लागेको शेयर बजारमा बुधबार ‘करेक्सन’ भएको छ । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बढ्दा कारोबार रकम भने झण्डै ५ अर्ब रुपैयाँले खुम्चिएको छ ।
बुधबार नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६८ अंकले बढेर ४९८.१५ विन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार ९७ वटा कम्पनीको शेयर मूल्य बढ्दा १४३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बुधबार ३२६ वटा कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयर कारोबार हुदाँ १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार रुपैयाँ कारोबार रकम रहन पुग्यो । जुन मंगलबारको तुलनामा कारोबार रकम ४ अर्ब ९२ करोड २१ लाख ६५ हजार रुपैयाँले कम हो । मंगलबार कारोबार रकम १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

बुधबार ७ वटा समूह सूचकको शेयर मूल्य बढ्दा बाँकी ६ वटा समूह सूचकको शेयर मूल्य घटेको छ । बैकिङ १४.६१, होटल र पर्यटन ६.८१, जलविद्युत १६.७९, लगानी १.१२, उत्पादन र प्रशोधन २.३१, म्युअुचल फण्ड ०.२० र अन्य १.९८ अंकले बढेको छ । विकास बैंक ४४.३५, वित्त ६२.०२, जीवन बीमा ६१.२८, लघुवित्त ५७.०६ , निर्जिवन बीमा १३१.६० र व्यापार ५५.३९ अंकले घटेको छ ।
बुधबार सबैभन्दा बढी कारोबार हुनेमा चन्द्रागिरी हिल्स लिमिटेड, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, अपि पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रह्यो ।
चन्द्रागिरी हिल्स लिमिटेडको ४३ करोड ७ लाख रुपैयाँ, नेपाल फाइनान्सको ४१ करोड ५९ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३८ करोड १० लाख रुपैयाँ , अपि पावर कम्पनीको ३३ करोड ९७ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३२ करोड २० लाख रुपैयाँ बराबर करोबार भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार