नेरुडे मिर्मिरे लघुवित्तले ७२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्दै

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ७२ हजार १५९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । इच्छुक खरीदकर्ताहरूले तोकिएको अवधिभित्र बनेपा,–८ काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालय मा आवेदन पेश गर्नुपर्नेछ ।

कम्पनीले आठ जना शेयरधनीहरूको नाममा रहेको यी शेयर विक्री गर्न लागेको हो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार