साताको सेयर : २ अर्ब ५४ करोडले करोबार रकम र ३ खर्बले घट्यो बजार पूँजीकरण रकम

काठमाडौं । यो साता सेयर बजारमा गिरावट आएको कारण करोबार रकम र कुल बजार पूँजीकरण रकममा कमी आएको छ । अघिल्लो साताको तुलनामा यो साता सेयर बजारमा कारोबार रकम २ अर्ब ५४ करोड ३१ लाख रुपैयाँ र बजार पूँजीकरण रकम ३ खर्ब ५७ अर्ब १७ करोड ३३ लाख रुपैयाँले कमी आएको छ । यो साता कारोबार रकम ६४ अर्ब ३६ करोड ९ लाख रुपैयाँमा सिमित हुदाँ अघिल्लो साता भने कारोबार रकम ६६ अर्ब ९० करोड ४० लाख रुपैयाँ रहेको थियो । यो साता बजार पूँजीकरण रकम ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख रुपैयाँ हुदाँ अघिल्लो साता बजार पूँजीकरण रकम ४७ खर्ब २४ अर्ब ५ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

कारोबार रकम र कुल बजार पूँजीकरण रकममा कमी आउँदा कारोबार कित्तामा भने बढेको छ । अघिल्लो साताको तुलनामा यो साता कारोबार कित्ता २० लाख २७ हजार १९८ ले बढेको हो । यो साता १४ करोड ९९ लाख ८ हजार कारोबार शेयर कित्ता हुदाँ गत साता १४ करोड ७८ लाख ८१ हजार कारोबार शेयर कित्ता रहेको थियो । अघिल्लो साताको तुलनामा नेप्से परिसूचक २२४.८९ अंकले र सेन्सेटिभ इन्डेक्स ४४.०७ अंकले घटेको छ ।

त्यस्तै समूह सूचकहरु भने गत साताको तुलनामा यो साता १२ वटा समूह सूचक आरोलो लाग्दा १ वटा भने स्थिर बसेको छ । अघिल्लो साताको तुलनामा यो साता बैकिङ १५२ , विकास बैंक ४९७ प्रतिशत, वित्त ४१५ , होटल र पर्यटन २७१, जलविद्युत २४०, लगानी १० र जीबन बीमा १२४४ अंकले घटेको छ । त्यस्तै समिक्षा अवधिमा लघुवित्त २६५, निर्जीवन बीमा १०६२ , व्यपार २३८ र अन्य १७५ अंकले घट्दा म्युअुचल फण्ड भने स्थिर रहन पुग्यो ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार