कत्था उत्पादक संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं । कत्था उत्पादकहरुको छाता संगठन नेपाल कत्था उत्पादक संघको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले संघको अध्यक्षमा शिव प्रसाद घिमिरेलाई निर्विरोध निर्वाचित गरेको छ ।

यस्तै, संघको उपाध्यक्षमा विजय कुमार गुप्ता, महासचिवमा कुमार रोक्का क्षेत्री, कोषाध्यक्षमा ओम प्रकाश अग्रवाल र सदस्यहरुमा क्रमशः केशव कुमार कार्की, विनोद कुमार अग्रवाल, दिलिप कुमार अग्रवाल, मोहित कुमार जैन र प्रशान्त अग्रवाल निर्वाचित भएका छन् ।

देशभर छरिएर रहेका कत्था उत्पादकहरुको छाता संस्थाको रुपमा २०७८ मा स्थापित यस संघमा ११ ठूला उद्योगहरु आबद्ध रहेका छन् ।

वस्तु निकासीमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको कत्था उद्योगले हजारौलाई रोजगारी प्रदान गरिरहेको छ ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालबाट २ अर्ब १२ करोडको कत्था निर्यात गरेको छ भने कूल निकासी व्यापारमा यस क्षेत्रको १.४ प्रतिशत योगदान रहेको छ । स्वदेशी कत्था उद्योगहरुले भारत, बंगलादेश, पाकिस्तान लगाएतका छिमेकी मुलुकहरुमा उत्पादन निर्यात गर्दै आइरहेका छन् ।

शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग भएकोले यसको सम्बद्र्धन र प्रवद्र्धनमा राज्यको अहम भूमीका रहने संघका नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार