साढे ६६ हजार नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्स्योरेन्सले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गर्न बोलपत्र आह्वान गरेको छ । कम्पनीको संस्थापक समूहको ६६ हजार ५६६ कित्ता सेयर बिक्रीमा राखेको हो ।

इन्स्योरेन्सको उक्त संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी वा जोकोही योग्य व्यक्ति तथा कम्पनीले खरिद गर्न पाउनेछन् । इन्स्योरेन्सको संस्थापक शेयरमा आज भदौ १९ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त शेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ भने कम्तिमा १ हजार कित्ता शेयरको लागि आवेदन सकिनेछ ।

नेपाल बीमा प्राधिकरणको बीमकको संस्थापक सेयर कारोबार सम्बन्धि निर्देशिका २०७७ बमोजिम संस्थापक सेयर बिक्रीमा राखिएको हो । बोलपत्र आवेदन फाराम इन्स्योरेन्सको बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटमा पेश गर्न सकिने छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार