चिनियाँ व्यवसायीलाई नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चिनियाँ व्यवसायीलाई औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

सिहंदरबारस्थित कार्यकक्षमा एक दर्जन चिनियाँ व्यवसायीलाई भेटेर उद्योगमन्त्री भण्डारीले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनै पनि नीतिगत जटिलता नरहेको पनि बताएका थिए ।

चीनमा भइरहेको विकास निर्माण कोषको गरिरहेकोे बताउँदै नेपालको कृषि, विद्युत्, पर्यटन, शिक्षा तथा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।

काभ्रेको पाँचखालमा चीनको लगानीमा उद्योग सञ्चालनको तयारी भइरहेको विषयमा मन्त्री भण्डारीले लगानीकर्तालाई पर्याप्त जग्गा उपलब्ध गराउन सरकार तयार रहेको बताएका थिए ।

उनले नेपालमा व्यवसाय सञ्चालन गरेमा कुनै पनि समयमा आइपर्ने समस्या समाधानका लागि प्रतिबद्धतासमेत जनाए । उद्योगसचिव कृष्णबहादुर राउतले नेपालमा लगानीका लागि कानुनी समस्या नभएकाले उद्योगमा लगानी गर्न आग्रह गरेका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार