नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयर खरिदको लागि आबेदन दिने आज अन्तिम दिन

Garima_Business-Loan3

काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहि बिक्रिमा राखिएको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को शेयर खरिदका लागि आबेदन दिने अन्तिम दिन आज असोज ८ रहेको छ।

सो शेयर भदौ ५ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन् ।

सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न चाहने इच्छुक बिध्यमान संस्थापक शेयरधनीले खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूलयमा  बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार