नेप्सेले भन्यो : नेपालमा आधिकारिक शेयर बजार विश्लेषक र संस्था छैन

Garima_Business-Loan3

काठमाडौं । शेयर बजारमा लगानी जोखिम भए सँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको विश्लेषण गर्ने व्यक्ति र संस्थाको पछि नलाग्न आग्रह गरेको छ । नेप्सेले सामाजिक सञ्जाल र मिडियामार्फत् विज्ञ भनिने व्यक्ति र संस्थाको पछि लाग्दा लगानी जोखिममा पर्न सक्ने भन्दै सावधानी अपानाउन समेत लगानीकर्तालाई आग्रह गरेको छ ।

‘फेसबुक, ट्विटर, क्लबहाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यमा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी ग र्दा जोखिम पर्न सकिन्छ । त्यसैले यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्न नेप्सले सम्बन्धित सबैलाई आग्रह गरेको छ ,’नेप्सले सार्वजनिक सूचना जारी गर्दै भनेको छ ।

नेप्सेले मुलुकमा हालसम्म कुनै पनि सरकारी निकायबाट कसैलाई पनि बजार विश्लेषकको रुपमा दर्ता गर्ने वा मान्यता प्रदान समेत नगरेको बताएको छ । मिडिया तथा सामाजिक सञ्जाल स्वघोषित शेयर बजारका विज्ञ तथा विश्लेषक भनि शेयर बजार सम्वन्धि विभिन्न सन्देश तथा जानकारीहरु प्रदान गरिरहेका छन् । सोको प्रभावमा कतिपय व्यक्तिहरुले शेयर बजारमा लगानी समेत गर्दै आउदाँ लगानी जोखिममा परेको हो । मिडिया तथा सामाजिक सञ्जालमा शेयर बजारका विज्ञ तथा विश्लेषक भनि शेयर बजारको विश्लेषण गर्नेको संख्या दर्जनौं रहेको छ ।
शेयर बजार अस्विभाविक भएको भन्दै संघीय संसदमा समेत प्रश्न उठे सँगै नेप्से, नेपाल धितोपत्र बोर्ड लगायतका संगठनले शेयर बजारलाई विशेष चासो दिएको पाइन्छ । सांसदहरुले शेयर बजार अस्विभाविक रुपमा बढेको भन्दै लगानीकर्ता जोखिममा रहेको बताएका थिए ।

पछिल्लो समय संसदमा नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाश शरण महतले पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका थिए । अस्भाविक रुपमा पूँजी बजार उकालो लागेको भन्दै उनले संसदमार्फत् सरकार र राष्ट्र बैंकलाई निगरानी बढाउन आग्रह गरेका थिए । अर्थमन्त्री विष्णु प्रसाद पौडेले समेत ३० अर्ब रुपैयाँको शेयर बजार ५ अर्ब रुपैयाँमा कसरी आइपुग्यो ? भन्दै नेप्सेका अधिकारीहरुलाई प्रश्न उठाएका थिए । नेपालको शेयर बजार अप्राकृतिक रहेको आरोप निरन्तर लाग्दै आएको पाइन्छ, जसले गर्दा जोखिम कायमै रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार