CLI

मंगलबार सर्वाधिक कारोबार गर्ने २० कम्पनीमा कुन-कुन छन् ?

काठमाडौं । शेयर बजार मंगलबार पनि घटेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेकस पनि ९.५२ अंकले घटेर ४४४.८८ विन्दुमा आएर बन्द भएको छ ।

मंगलबार ३०९ वटा कम्पनीको ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँ करोबार भयो । सोमबारको तुलनामा मंगलबार कारोबार रकम २ करोड ९२ लाख रुपैयाँले घटेको छ । सोमबार ३२९ वटा कम्पनीको ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ कारोबार रकम रहेको थियो ।
त्यस्तै मंगलबार बजार पूँजीकरण रकम भने ३९ खर्ब २८ अर्ब १२ करोड १६ लाख रुपैयाँ रह्यो ।

मंगलबार १० वटा कम्पनीको शेयर मूल्य बढ्दा २३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा एनएलजी इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इनस्योरेन्स, हिमालयन रिइन्स्यारेन्स, अपि पावर कम्पनी र सानिमा माइ हाइड्रोपावर रह्यो । एनएलजी इन्स्योरेन्सको १८ करोड ४१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इनस्योरेन्सको १७ करोड ५९ लाख रुपैयाँ, हिमालयन रिइन्स्यारेन्सको १४ करोड ६५ लाख रुपैयाँ, अपि पावर कम्पनीको १३ करोड ५५ लाख रुपैयाँ र सानिमा माइ हाइड्रोपावरको ११ करोड ६१ लाख रुपैयाँ बराबर कारोबार भयो ।

 

 

Leave Your Comment

Related News