CLI

मध्य भोटेकोशी जलविद्युत कम्पनीको संस्थापक शेयरको लकइन अबधि सकिदै

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ५ करोड १३ लाख ३६ हजार कित्ता शेयरको लक इन अवधि २०८१ कार्तिक ११ गते समापत हुने भएको छ ।  कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरी शेयर बाँडफाँड गरेको मिति बाट तीन वर्ष सम्म संस्थापक शेयरधनी संस्थाहरुले धारण (Hold) गरेको तथा कर्मचारी, सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीहरु, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु, ऋणदाता बासिन्दाहरु एवं कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरिएका शेयर तिन बर्ष सम्म लक इनमा राख्नु पर्ने कानूनी व्यबस्था बमोजिम लक इन मा राखिएको थियो ।

लकइन अबधि समापत भएसँगै संस्थापक शेयरधनीहरु,कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीहरु,संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरु,आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाहरु,कम्पनीका कर्मचारीहरुको नाममा रहेको शेयरको लकइन अबधि समाप्त हुन लागेको हो

कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरू तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने खरिद बिक्री गर्न पाइने छैनन् ।

Leave Your Comment

Related News