CLI

तपाँईको बजारले बाईक चढ्ने रहर पुरा गर्छ

काठमाडौं । बाईक चढ्ने रहर र सपना छ  थोरै पैसा भएर बाइक चढ्न आँठ पुगिरहेको छैन भने तपाँईलाई बाइक चढ्न सहयोयी बनेर आएको छ तपाँईको बजार । तपाँईको बजारले नयाँ तथा पुराना बाईक खरिदमा फाइनान्सको सुविधा सहित एउटै छाना मुनि विभिन्न चर्चित ब्राण्डका बाईकहरु बिक्रि बितरण गरिरहेको छ ।

तपाईको बजारले  बाइक/स्कुटर खरिदमा  ३ प्रकारका फाइनान्सको सुविधा सहित सेवा प्रदान गरिरहेको छ  । तीन सुविधामा तलबको आधारमा फाइनान्स, व्यवसायको आधारमा फाइनान्स र रेमिट्यान्सको आधारमा फाईनान्सको सुविधा रहेका छन् ।

तपाईको बजार बाइक वा स्कुटर किन्दा ग्यारेन्टी बिना सवारी साधन फाइनान्स गर्ने पहिलो कम्पनी रहेको तपाईको बजारको प्रबन्ध निर्देशक सुशील संग्रौलाले बताए ।

तपाईको बजार (एसएमएस सर्भिस ग्रुफ) को सोरुम काठमाडौंको बसुन्धारा, बिजुली बजार र चितवनमा रहेको छ । चितवनमा तपाईको बजारको शाखा भरपुर एयरपोर्टको अपोजिटमा रहेको सुजुकी शोरुमसँगै रहेको छ । एउटै छाना मुनि बिभिन्न कम्पनिका बाईक स्कुटर नया तथा पुराना सवै प्रकारको बिक्रि तथा फाइनान्सको सुविधा सहित आकर्षक छुटको पनि व्यवस्था रहेको हुँदा ग्राहकको  भिड लागेको चितवन भरपुर शाखाका शाखा कार्यकारी अधिकृत विजय महतोले बताए । नेपालमा पहिलो पटक पुराना बाईकमा फाइनान्सको सुविधाको सुरुवात भएको निर्देशक महतोले बताए ।

कम्पनीले अहिले नेपालका काठमाण्डौमा २ ठाँउ र चितवमा सो रुम सञ्चालनमा ल्याएको भएता पनि निकट भबिश्यमा पोखरा,बिर्तामोड,बुटवल,नेपालगञ्मा पनि सो रुम खोली सेवा सुचारू गर्ने जनाएको छ ।

तपाँइको बजारमा युवा उध्यमीहरुको टिमले सञ्चालग गरीरहेका छन् अहिले २ पाङ्ग्रे सबारी मात्र बिक्रि बितरण गरिरहेपनि कम्पनीले निकट भविश्यमा नै चार पाङ्ग्रे सवारीमा पनि सेवा उपलब्ध हुने कम्पनीले  जनाएको छ । कम्पनीले  बिगत २ बर्ष देखी सेबा प्रदान गरिरहेको छ । यो खालको सेवाले ग्राहकलाई कुन सवारी साधन चढ्ने कहाँ खरिद गर्ने पैसा कसरी जुटाउने भन्ने समस्या पनि केही हद सम्म हल गरेको छ । तपाँइको बजारको काठमाण्डौ र चितवना सो रुममा छिरे पछि कम्पनीले ग्राहकलाई एकै छानाबाट सबै सुबिधा उपलब्ध गराउदै सवारी धनी बनाएको छ । ग्राहकको सकारात्मक प्रतिक्रियाले काम गर्न अझ उत्साह थप भएको बिजय महतोले बताए ।

Leave Your Comment

Related News