बाढीबाट १६ जलविद्युत आयोजनामा क्षति, कुनमा कति?

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाको कारण देशका विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (ईप्पान)को प्रारम्भिक विवरण अनुसार बाढीबाट १६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

हालसम्म प्राप्ति तथ्यांकअनुसार १६ वटा जलविद्युत आयोजनामा बाढीपहिरोले क्षति पुर्याएको छ।

मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुरको पावर हाउस पूर्ण रुपमा डुबेको ईप्पानले जानकारी दिएको छ ।

माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथरको पावर हाउस डुबानमा परेको छ । यो हाइड्रो गत वर्षको बाढीबाट पनि प्रभावित रहेको थियो ।

गत वर्षको बाढीले क्षतिग्रस्त पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर पुननिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा बाढीबाट पुन: क्षतिग्रस्त भएको छ ।

साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बुको हेडवक्र्ससमा क्षति पुगेको छ । हेडवर्क्समा क्षति हुँदा आयोजनाको उत्पादन बन्द भएको छ ।

सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाममा बाँध र टेलरेसमा क्षति पुगेको छ । बाँध र टेलरेसमा क्षति पुग्दा आयोजनाको उत्पादन बन्द भएको छ ।

सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाममा बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ ।

फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथरको बाँध र विद्युतगृह पूर्ण रुपमा क्षति भएको ईप्पानले जानकारी दिएको छ ।

सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङमा टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ ।

सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङमा बाढी र पहिरोका कारण पहुँचमार्ग र प्रोटेक्सन वालमा क्षति पुगेको छ ।

धादिङमा निर्माणधिन इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाटको पहुँचमार्गमा ठूलो क्षति पुगेको ईप्पानले जानकारी दिएको छ ।

माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोटको क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको जनाइएको छ ।

हेवाखोला जलविद्युत आयोजना, १० मेगावाट, पाँचथरको क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको छ ।

सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथरको पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ ।

सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथरको पहुँचमार्गमा क्षति पुगेको छ ।

लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्कीको पहुँचमार्गमा क्षति पुगेको छ ।

सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोटको २ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको ईप्पानले जानकारी दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार