प्रकृति विपदबाट उत्पन्न अवस्थाबाट आर्थिक गतिविधिमा संकुचन आउने: नेपाल उद्योग तथा व्यवसायी महासंघ

Garima_Business-Loan3

काठमाडौं । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशको राजधानी लगायत देशैभरी जनधनको ठूलो क्षति भएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघले यस अकल्पनीय विपदमा परी ज्यान गुमाउने सम्पुर्ण मृतकहरुप्रति प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

घाइतेहरुको उपचार, उद्धार र राहतलाई अझै प्रभावकारी बनाउनका लागि नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ । साथै महासंघसंग आबद्धहरुलाई पनि देशैभरी उद्धार र राहतको काममा लाग्नका लागि महासंघले अनुरोध गरे ।

‘यो प्राकृतिक विपदले आम जनजीवन अत्यन्तै कष्टकर बन्न पुगेको छ । केहीवर्ष यता कठिन अवस्थाबाट गुज्रिरहेको मुलुकको अर्थतन्त्रलाई यो घटनाले फेरी तहसनहस बनाएको छ । अरबौंको भौतिक पुर्वाधारमा क्षति पुगेको छ, किसानको भित्र्याउने बेलाको अरबौंको कृषीबाली ध्वस्त भएको छ । राजधानी जोडेने सबैजस्तो नाकाहरु सुचारु हुन कठीन छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ ।

दशैं लगायत महत्त्वपुर्ण चाडपर्वहरुको सम्मुखको यो घटनाले सडक संरचना र पुलहरुजस्तो भौतिक संरचनाहरु नष्ट हुँदा यसले आर्थिक गतिविधीमा संकुचन ल्याउनुका साथै मानवीय गतिविधीमै असर पार्ने महासंघले बताउको छ । यसको पहिलो मारमा साना व्यवशायी र आम नागरिकहरु नै परेका छन् । न्युन आर्थिक वृद्धिदर, बचत तथा ऋण सहकारी, लघुबित्त तथा पुंजी बजार लगायत वित्तीय प्रणालीमा देखिएको समस्याको कारण आर्थिक अस्थिरता बढेको समयमा आएको विपद्ले सिङगो अर्थतन्त्र र नीजि क्षेत्रलाई अझै सङकटतर्फ धकेल्ने र आम जनताको जनजीविकामा समेत प्रत्यक्ष असर पर्ने अवस्थाको सिर्जना भएको छ ।

चाडपर्वको सम्मुखमा व्यवसायीहरुको नियमित गतिविधीमै असर पुगेको छ भने

अर्बौको लगानी विभिन्न नाकाहरुमा अलपत्र अवस्थामा रहेको छ । । यस्तो परिस्थितीमा नेपाल सरकार र सम्बन्धित निकायहरुले यथाशिघ्र पहलकदमी लिई दशैं सुरु हुनु अगावै समस्या समाधान गर्ने गरी पहलकदमी लिन महासंघले आह्वान गरेको छ । साना व्यवसायीहरुलाई तत्काल राहत पुग्ने खालको वित्तिय सहयोगका कार्यक्रम तत्काल ल्याउन महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार