मलेसियाले श्रमिकको न्यूनतम तलब बढाएर पुर्‍यायो १७०० रिंगेट

काठमाडौं । मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ।आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी पारिश्रमिक बढाउने घोषणा गरेको हो।

आगामी वर्षका लागि बजेट भाषण गर्दै मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले न्यूनतम पारिश्रमिक २०० रिंगेटले बढाउने घोषणा गरेका हुन्। यो सँगै मलेसियाका श्रमिकहरुको तलब १७०० रिंगेट हुने भएको छ , हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ।

पाँचभन्दा कम कामदार भएका कम्पनी तथा उद्योगका लागि भने नयाँ पारिश्रमिक केही समय पछिदेखि लागू हुनेछ। यस्ता कम्पनी तथा उद्योगमा आगामी १ अगस्ट २०२५ देखि लागू हुने उनको भनाइ छ।

औद्योगिक तथा उत्पादन प्राविधिकहरूको न्यूनतम तलब भने यसअघि २ हजार २९० रिंगेट छ। मेकानिकल इन्जिनियरको तलब ३ हजार ३८० र क्रियटिभ कन्टेन्ट डिजाइनरको २ हजार ९८५ रिंगेट तलब छ। श्रमिकहरुको जीवनस्तर सुधारका लागि समेत तलबमा वृद्धि गरिएको बताइएको छ । उक्त निर्णयले मलेसियामा काम गर्दै आएका नेपाली श्रमिकहरु पनि लाभान्वीत हुने देखिन्छ । मलेसिया नेपाली श्रमिकहरूको प्रमुख आकर्षक गन्तव्य मुलुक हो।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार