RE
Global College

एमाले महाधिबेशन निर्णयलेखन कमिटि गठन संयाेजकमा पृथ्वीसुव्वा गुरूङ

काठमाडौं । नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले एघारौँ महाधिवेशनकाे निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ।

महाधिवेशनअन्तर्गत गठन गरिएको उक्त समितिको संयोजकमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ रहेका छन्। समितिमा सूर्यबहादुर थापा क्षेत्री, ज्वालाकुमारी साह, ईश्वरी रिजाल, लीला भण्डारी, विष्णु रिजाल र नीरज आचार्य सदस्य रहेका छन् ।

महाधिवेशनका क्रममा प्रस्तुत प्रस्ताव, छलफल, निर्णय र निष्कर्षहरूलाई व्यवस्थित रूपमा अभिलेख राख्ने जिम्मेवारी उक्त समितिलाई दिइएकाे हाे । यसले आगामी दिनमा पार्टीको नीतिगत, सांगठनिक र ऐतिहासिक अभिलेखलाई मजबुत बनाउने एमालेले जनाएकाे छ ।

NECO

Leave Your Comment

Related News