CLI
Global College

अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं ।अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको ३ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयरमूल्य २७१ रुपैयाँ ८४ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता २८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीले कात्तिक १४ गते साधारणसभा हुँदैछ ।

Leave Your Comment

Related News