माछापुच्छ्रे बैङ्कको वितरणयोग्य नाफा अर्वमा, अन्य बिबरण के छ ?

काठमाडौं । माछापुच्छ्रे बैङ्को चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तिय बिबरण प्रकासन भएको छ । प्रकासीत बित्तिय बिबरण अनुसार बैङ्कले १ अर्व ६ करोड ५६ लाख ८१ हजार  बितरण योग्य मुनाफा आर्जन गरेको छ भने प्रति शेयर आम्दानी १२.२७ रहेको छ ।  अघिल्लो बर्षको बैङ्ले २८ करोड ५४ लाख बितरण योग्य रकम आर्जन गरेको थियो । चालु आर्थिक बर्षको पहिलो तिन महिनामा बैङ्कले ५० करोड ३२ लाख ६३ हजार नाफा कमाएको छ । अघिल्लो बर्षको सोही अवधिमा बैङ्ले ५४ करोड २२ लाख ३९ हजार कमाएको थियो जुन अघिल्लो बर्षको तुलनाम ७.१९ प्रतिशत कम हो ।

बैङ्कको खुद ब्याज नाफा आम्दानी बढेपनि गैर सञ्चाल खर्च बढेका कारण बैङकको खुद नाफा घटेको हो ।

बैङकको प्रति शेयर नेटवर्थ १५३.१६ रहेको छ अघिल्लो बर्षको सोही अवधिमा बैंङ्को प्रति शेयर नेटवर्थ १४२.२७ रहेको थियो । बैङ्कले ब्याज आम्दानीबाट १ अर्व ४८ करोड २६ लाख ९४ हजार आर्जन गरेको छ  जुन अघिल्लो बर्षको भन्दा २२.५१ प्रतिशत बढी हो । बैङ्को सञ्चालन  मुनाफा २७.६२ प्रतिशतले बढेको छ। बैङ्को प्रतिशेयर नेटवर्थ १५३ रुपैँया रहेको छ ।

बैङ्कको चुक्ता पुजी ११ अर्व ६२ करोड १३ लाख ५७ हजार रहेको छ । बैङ्को जगेडा कोषमा ५ अर्व ६७ करोड ३० लाख ३१ हजार रकम रहेको छ

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार