यि हुन लगानीकर्तामा हुनुपर्ने सात गुण

काठमाडौं । नेपाल स्टक एकस्चेन्ज नेप्सेले विश्व लगानी कर्ता सपताहको अवसरमा लगानी कर्तामा के कस्ता गुण हुन्छ भन्ने बिषया लगानी कर्तामा हुनु पर्ने सात बुँदे गुण लगानी कर्ताको लागि सार्वजनिक गरेको छ ।

विवेकशिल लगानीकर्ताले वर्तमान द्रुत गतिको लगानी वातावरणमा पनि लगानी निर्णय गर्दा पर्याप्त समय लिएर आवश्यक सूचना सङ्कलन गर्छ ।

विवेकशिल लगानीकर्ताले लगानीमा डिजिटल उपकरणहरूको कसरी प्रयोग गर्ने भन्ने कुरा बुझेको हुन्छ । ती उपकरणहरूले सम्भावित हानि नोक्सानी वा धोखाधडीलाई रोक्न सक्दैनन् भन्ने थाहा पाएको हुन्छ । प्रत्येक लगानीको अवसरबारे नियमित रूपमा स्वतन्त्र र गहिरो अनुसन्धान गर्छ ।

विवेकशिल लगानीकर्ताले अनलाइन मार्फत आउने जानकारी आविश्वसनीय हो कि होइन छुट्याउन सक्छ । र विवेकशिल लगानीकर्ताले कथित विश्लेषक (फिनफ्लुएन्सर)हरूको आफ्नै स्वार्थ हुन्छ, उनीहरूले पैसा लिएर लगानीका अवसरहरूबारे बोलिरहेका हुन सक्छन् भन्ने कुरा बुझेको हुन्छ ।

सोसल मिडियाका फिनफ्लुएन्सरहरूले उसलाई पछ्याउने सबैको व्यक्तिगत परिस्थिति थाहा पाउँदैन, त्यसैले उसका सिफारिसहरू आफूलाई अनुकूलन हुनसक्छ भन्ने कुरा विवेकशिल लगानीकर्ताले बुझेको हुन्छ ।

विवेकशिल लगानीकर्ता एआई, गेमिफिकेसन, मेटाभर्स लगायतका नयाँ प्रविधिले लगानी गर्ने नयाँ तरिका दिन्छन् तर आफ्नै मनोवैज्ञानिक तथा अन्य व्यवहारगत पूर्वाग्रहका कारण लगानीबाट सोचेजस्तो नतिजा नआउन पनि सक्छ भन्ने कुरामा सचेत हुन्छ ।

विवेकशिल लगानीकर्ताले ठूला लगानीकर्ता वा अनुभवी लगानीकर्ताले गर्ने कारोबारको नक्कल गर्दा सावधानी अपनाउँछ । उसको जोखिम बहन गर्ने क्षमता, अनुभव र स्रोत अनुसार बनाएको लगानी रणनीति आफ्ना लागि मिल्छ कि मिल्दैन थाहा पाउँछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार