हिलटन हाइड्रो इनर्जीको साधारणसभा हुँदै ,स्नो रिभर्स लिमिटेडमा गाभिने पस्ताव पारित गर्ने

काठमाडौं । हिलटन हाइड्रो इनर्जी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा तपसिलबमोजिमको २०८१ साल कार्तिक २५ गते बिहीबार दिनको ४:00 बजे ,कम्पनीको रजिष्टर्ड कार्यालय, का.म.न.पा – ३०, ज्ञानेश्वरमा बोलाएको छ ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन उपर

छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, स्वतन्त्र सञ्चालकको नियुक्ति सम्बन्धमा  छलफल गरी पारित गर्ने पस्ताव रहेका छन्।

साधारण सभामा बिशेष प्रस्तावका रुपमा हिलटन हाइड्रो इनर्जी लिमिटेडलाई स्नो रिभर्स लिमिटेडमा गाभिने/ समाहित हुने

उपर्युक्त बमोजिमका सामान्य तथा विशेष प्रस्तावहरु स्वीकृति एवं अभिलेखको लागि पेश गर्दा नियमनकारी निकाय वा कार्यालयबाट कुनै पनि विषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने  पर्स्ताव रहेका छन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार