CLI

नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्षले लिए सपथ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानाले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन्।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा उनलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । सपथ समारोहपछि बीमा समितिका अध्यक्ष सिलवालले बीमा उद्योगमा बीमा क्षेत्रकै जानकार व्यक्ति प्रवेश भएकोमा खुसी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए ।

यसैगरी अध्यक्ष ढुङ्गानाले आफ्नो अध्ययन, अनुभव र क्षमता अनुसार कार्य गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

उक्त अवसरमा बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा लगायत पदाधिकारीहरू उपस्थिति रहेको थियोे ।

Leave Your Comment

Related News