२६१७ विन्दुमा झर्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार एकल अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.४५ अंकले घटेर ४६९.८० विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार ३२० वटा कम्पनीको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रहेको छ । यो सँगै बिहीबारको तुलनामा कारोबार रकममा ६८ करोड ६६ लाख १७ हजारले कमी आएको छ । बिहीबार ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार कारोबार रकम रहेको थियो ।

आइतबार ९१ वटा कम्पनीको शेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आइतबार १३ वटा समूह परिसूचकहरु मध्ये ४ वटा बढ्दा बाँकी ९ वटा घटेको छ । वित्त ३७, होटल र पर्यटन ४४, जलविद्यु्त १५ र जीवन बीमा १४७ अंकले बढ्दा बैंकिङ २०, विकास बैंक २७, लगानी ०.१८, उत्पादन र प्रशोधन ६४, लघुवित्त ३६, म्युअुचल फण्ड ०.०८,निर्जीवन बीमा ५६, व्यापार १४ र अन्य समूह ७ अंंकले घटेको छ ।

आइतबार सर्वाधिक कारोबार हुनेमा आइसीएफसी फाइनान्स, नेपाल एसबीआई बैंक, सीइडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स र समृद्धि फाइनान्स कम्पनीले लिमिटेड रहेको छ । आइसीएफसी फाइनान्सको ३२ करोड ६४ लाख, नेपाल एसबीआई बैंकको २१ करोड ६२ लाख, सीइडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीको १८ करोड ८६ लाख, नेपाल फाइनान्सको १८ करोड २० लाख र समृद्धि फाइनान्सको १८ करोड १२ लाख बराबर करोबार भएको छ ।

आइतबार सर्वाधिक कमाउनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, रिभर फल्स पावर लिमिटेड रहँदा सर्वाधि गुमाउनेमा नेपाल एसबीआइ बैंक, प्राइम कर्मसियल बैंकका लगानीकर्ता रहे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार