पहिलो त्रैमासमा २८ हजार बीमितले ४ अर्ब बीमा पोलिसी सरेन्डर गरे

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा बीमितहरुले करिब ४ अर्ब रुपैयाँको बीमा लेख समर्पण (सरेन्डर) गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार पहिलो तीन महिनामा २८ हजार ५७ लेख मार्फत ३ अर्ब ८२ करोड ४६ लाख ६० हजार रुपैयाँ बराबरको बीमा लेख समर्पण गरिएको छ ।

बीमा लेख सरेन्डरको आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) शीर्ष स्थानमा छ । पहिलो त्रैमासमा कम्पनीको १ अर्ब २२ करोड ९६ लाख ७९ लाख रुपैयाँ बराबरको ७ हजार ७३१ बीमा लेख समर्पण भएको छ ।

दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको एक अर्ब ८ करोड ५४ लाख ८४ हजार रुपैयाँ बराबरको ६ हजार ५४६ बीमा लेख समर्पण भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को १ अर्ब २२ करोड ९६ लाख ७९ लाख रुपैयाँ बराबरको ७ हजार ७३१ बीमा लेख समर्पणसहित तेस्रो स्थानमा छ ।

एशियन लाइफ इन्स्योरेन्सको २४ करोड ८४ लाख २२ हजार रुपैयाँ बराबरको २ हजार २७२ बीमा लेख समर्पण गरिएको छ ।

राष्ट्रिय जीवन बीमाको २७ करोड ४३ लाख ७१ हजार रुपैयाँ बराबरको २ हजार ७४२ बीमा लेख समर्पण भएको छ ।

नेशनल लाईफ इन्स्योरेन्सको २३ करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरको १ हजार ५५४ बीमा लेख समर्पण गरिएको छ ।

मेट लाइफको १० करोड ६३ लाख २९ हजार रुपैयाँ बराबरको ९९५ बीमा लेख समर्पण गरिएको छ ।

आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ११ लाख १९ हजार रुपैयाँ बराबरको ४७० बीमा लेख समर्पण गरिएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ७७ लाख ११ हजार रुपैयाँ बराबरको १९३ बीमा लेख समर्पण गरिएको छ ।

रिलायबल नेपाल इन्स्योरेन्सको २ करोड ९८ लाख ४५ लाख रुपैयाँ बराबरको ४८७ बीमा लेख समर्पण गरिएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको ४ करोड ४९ लाख २७ हजार रुपैयाँ बराबरको ५८८ बीमा लेख समर्पण गरिएको छ ।

सुर्यज्योति लाइफ इन्स्योरेन्सको १९ करोड ३३ लाख ७५ हजार रुपैयाँ बराबरको १ हजार ५७४ बीमा लेख समर्पण गरिएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ७ करोड ७८ लाख ६० हजार रुपैयाँ बराबरको ५३७ बीमा लेख समर्पण गरिएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सको १८ करोड २३ लाख २४ हजार रुपैयाँ बराबरको २ हजार १४ बीमा लेख समर्पण गरिएको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ करोड ६९ लाख २३ हजार रुपैयाँ बराबरको ३५४ बीमा लेख समर्पण गरिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार