बाढी पहिरोको ४७ करोड बीमा दाबी रकम भुक्तानी, यस्तो छ कम्पनी अनुसारको भुक्तानी

काठमाडौं । गत असोज १० गतेदेखिको अविरल वर्षातको कारणबाट भएको क्षतिको बीमा दाबी बीमा कम्पनीहरुले भुक्तानी दिन थालेका छन् । बीमा कम्पनीहरुले माग दाबीको मूल्यांकन गर्दैै बीमा रकम भुक्तानी प्रदान गर्न सुरु गरेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ ।

कात्तिक २० गतेसम्मको विवरण अनुसार बीमा कम्पनीहरुले बाढी पहिरोबाट भएको क्षतिको हालसम्म ४७ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै दाबी भुक्तानी शिखर इन्स्योरेन्सले गरेको छ । शिखर इन्स्योरेन्सले २५ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

कुन कम्पनीको कति ?

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ७ करोड ६७ लाख

दि ओरिएन्टल इन्स्योरेन्स ७ लाख २६ हजार

शिखर इन्स्योरेन्स २५ करोड १९ लाख

नेको इन्स्योरेन्स २ करोड ५१ लाख

हिमालयन एभरेष्ट ३ करोड ५५ लाख

सगरमाथा लुम्बिनी ४ करोड ३८ लाख

नेशनल इन्स्योरेन्स २२ लाख ५३ हजार

आइजिआई प्रूडेन्सियल १ करोड २५ लाख

एनएलजी इन्स्योरेन्स ५ लाख ६६ हजार

नेपाल इन्स्योरेन्स ९८ लाख ७७ हजार

सानिमा जीआईसी ७८ लाख २५ हजार

राष्ट्रिय बीमा कम्पनी शुन्य

प्रभु इन्स्योरेन्स ५१ लाख १२ हजार

युनाइटेड अजोड ५ लाख ४३ हजार

स्टार माइक्रो इन्स्योरेन्स २६ हजार

ट्रस्ट माइक्रो इन्स्योरेन्स शुन्य

नेपाल माइक्रो इन्स्योरेन्स २५ हजार

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स शुन्य

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार