बीमा पोलिसी तीन महिनामा ३ अर्ब ८२ करोडको सरेन्डर, कुन कम्पनीको कति ?

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी सरेन्डर (त्याग्ने) को संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब ८२ करोड ४६ लाख बराबरको २८ हजार ५७ जनाले बीमालेख त्यागेका छन् । उनीहरुले १४ वटा जीवनबीमा कम्पनीमार्फत् उक्त बीमालेख त्याग गरेका हुन् ।

राष्ट्रिय बीमा कम्पनीको २७ करोड ४३ लाख बराबरको २ हजार ७४२ जना बिमितले बीमालेख त्याग गरेका हुन् । त्यस्तै नेशनल लाइफको २३ करोड ६२ लाख बराबरको १ हजार ५४ जनाले, लाइफ इन्स्योरेन्सको १ अर्ब २२ करोड ९६ लाख बराबरको ७ हजार ७३१ जना बिमितले बीमालेख त्याग गरेका हुन् ।

मेट लाइफको १० करोड ६३ लाख बराबरको ९९५ जना, एसियन लाइफ इन्स्योरेनसको २४ करोड ८४ लाख बराबरको २ हजार २७२ जना बिमितले बीमालेख त्याग गरेका हुन् ।
आइएमइ लाइफको ५ करोड ११ लाख बराबरको ४७० जना, सन नेपाल लाइफको १ करोड ७७ लाख बराबरको १९३ जना र रिलायवल नेपालको २ करोड ९८ लाख बराबरको ४८७ जना बिमितले बीमालेख त्याग गरेका छन् ।

त्यस्तै सिटिजन लाइफको ४ करोड ४९ लाख बराबरको ५८८ जना, सूर्यज्योति लाइफको १९ करोड ३३ लाख बराबरको १ हजार ५७४ जना र सानिमा रिलायन्स लाइफको ७ करोड ७८ लाख बराबरको ५३७ जना बिमितले बीमालेख त्याग गरेका छन् ।

भने हिमालय लाइफको १८ करोड २३ लाख बराबरको २ हजार १४ जना र प्रभु महालक्ष्मी लाइफको ४ करोड ६९ लाख बराबरको ३५४ जना बिमितले बीमालेखा त्याग गरेका छन् । बीमाबापत्को रकम लिन सहज नहुने र बीमा नियममा लचकता नहुदाँ बिमितहरुले बीमालेखा त्याग गर्नेको संख्या जानकारहरु बताउछन् । बीमा संस्थाहरुले बीमावापत् रकम भुक्तानी र बीमा गर्दा बीमाशुल्क लिने सहजीकरण गरेमा समस्या समाधान हुने जानकारहरुको भनाई रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार