एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Garima_Business-Loan3

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । हकप्रद शेयर निष्काशनको लागि इन्स्योरेन्सले बुकक्लोज गरे पश्चात नेप्सेले कम्पनीको  शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले इन्स्योरेन्सको ६२.५६ प्रतिशत हकप्रदपछिको शेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको प्रतिशेयर शेयरमूल्य ८६२ रुपैयाँ १८ पैसा कायम भएको छ । नेप्सेले बुक क्लोज हुनुभन्दा अघिल्लो दिनको  कारोबारको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो दिन अर्थात सोमबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार ३३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीको समायोजित मूल्यमा आजको पहिलो कारोबार हुनेछ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार