न्यादी हाइड्रोपावरको नोक्सानीमा कमी

काठमाडौं । न्यादी हाइड्रोपावरको नोक्सानीमा कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा न्यादी हाइड्रोपावरको नोक्सानी ७५ लाख ७५ हजार रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावरको नोक्सानी ३ करोड ३७ लाख ७३ हजार रहेको थियो ।

हाइड्रोपावरको विद्युत विक्रीबाट आम्दानी बढे सँगै नोक्सानी घटेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीमार्फत् २१ करोड १९ लाख आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा विद्युत बिक्रीबाट १३ करोड ८ लाख ५१ हजार आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा सञ्चालन नाफा भने बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हाइड्रोपावरको सञ्चालन नाफा १३ करोड ४६ लाख ४० हजार रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ६ करोड ९ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

हाइड्रोपवारको कुल सम्पत्तिमा कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हाइड्रोपावरको कुल सम्पत्ति ५ अर्ब ९१ करोड ४५ लाख, कुल दायित्व ४ अर्ब ९५ करोड ७९ लाख र कुल इक्विटी ९५ करोड ६६ लाख रहेको छ । हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ५० करोड रहेको छ ।

हाइड्रोपावरको प्रति शेयर आम्दानी ५१ पैसा, प्रति शेयर नेटवर्थ ६३ रुपैयाँ ७८ पैसा र मुल्य आम्दानी अनुपाति (पीइरेसियो) १६०.३९ रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार