मोलुङ हाइड्रोपावरको नाफा घट्यो

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको नाफा थोरैले घटेको छ । हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३० लाख २२ हजार नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १३ लाख ४२ हजारले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावरको नाफा ३ करोड ४३ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

विद्युत विक्रीबाट हुने आम्दानी ८.३८ प्रतिशतले घटे सँगै नाफामा पनि कमी आएको हो ।हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत विक्रीबाट ६ करोड ७९ लाख ६ हजार आम्दानी गरेको छ । हाइड्रोपावरले गत आर्थिक वर्षको सोहि अवधिमा भने विद्युत बिक्रीबाट ७ करोड ४१ लाख १४ हजार आम्दानी गरेको थियो । हाइड्रोपावरको सञ्चालन नाफा पनि घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हाइड्रोपावरको सञ्चालन मुनाफा ४ करोड ७० लाख ३२ हजार रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावरको सञ्चालन मुनाफा ५ करोड ३६ लाख १ हजार रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म हाइड्रोपावरको कुल सम्पत्ति १ अर्ब २१ करोड ६० लाख, कुल दायित्व ५६ करोड ७७ लाख र कुल इक्विटी ६४ करोड ८२ लाख रहेको छ । हाइड्रोपावरको चुक्ता पुँजी ८० करोड २५ लाख रहेको छ ।

हाइड्रोपावरको प्रति शेयर आम्दानी ४ रुपैयाँ ११ पैसा, प्रति शेयर नेटवर्थ ८० रुपैयाँ ७८ पैसा र मुल्य आम्दानी अनुपाति (पीइरेसियो) १००.१२ रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार