बुद्धभूमि नेपाल हाइड्रोपावरको १३० प्रतिशतले बढ्यो नोक्सानी

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको नोक्सानी अत्याधिक बढेको छ । हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३० प्रतिशत अर्थात् १ करोड १३ लाख ६९ हजार नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावरको नोक्सानी ४९ लाख ४९ हजार रहेको थियो ।

विद्युत विक्रीबाट हुने आम्दानीे घटे सँगै नोक्सानी बढेको हो । हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत विक्रीबाट ४ करोड २९ लाख ३७ हजार आम्दानी गरेको छ । हाइड्रोपावरले गत आर्थिक वर्षको सोहि अवधिमा भने विद्युत बिक्रीबाट ४ करोड ९२ लाख १९ हजार आम्दानी गरेको थियो । हाइड्रोपावरको सञ्चालन मुनाफा भने बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हाइड्रोपावरको सञ्चालन मुनाफा २ करोड ५९ लाख ९९ हजार रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावरको सञ्चालन मुनाफा २ करोड ५४ लाख ३५ हजार रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म हाइड्रोपावरको कुल सम्पत्ति ५ करोड २४ लाख ४७ हजार, कुल दायित्व ११ करोड १३ लाख र कुल इक्विटी ३३ करोड ७८ लाख रहेको छ । हाइड्रोपावरको चुक्ता पुँजी ४० करोड रहेको छ ।

हाइड्रोपावरको प्रति शेयर आम्दानी ११ रुपैयाँ ३७ पैसा ऋणत्मक, प्रति शेयर नेटवर्थ ८४ रुपैयाँ ४५ पैसा, मुल्य आम्दानी अनुपाति (पीइरेसियो) ४३.१० र तरलता अनुपात ४७.०० प्रतिशत रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार