विन्दवासिनी हाइड्रोपावरको नाफा बढ्यो

काठमाडौं । विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाफा बढेको छ । हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुनाफा ६ करोड ३९ लाख ३२ हजारले बढेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावरको मुनाफा ६ करोड १५ लाख ३९ हजार रहेको थियो ।

विद्युत विक्रीबाट हुने आम्दानीे बढे सँगै मुनाफा बढेको हो । हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत विक्रीबाट १५ करोड ६ लाख ४३ हजार आम्दानी गरेको छ । हाइड्रोपावरले गत आर्थिक वर्षको सोहि अवधिमा भने विद्युत बिक्रीबाट १४ करोड ६८ लाख ९२ हजार आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म हाइड्रोपावरको कुल सम्पत्ति १५ करोेड ५ लाख , कुल दायित्व १४ करोड ३५ हजार र कुल इक्विटी १ अर्ब २४ करोड ६० लाख रहेको छ । हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ५ करोड रहेको छ ।

हाइड्रोपावरको प्रति शेयर आम्दानी ६ रुपैयाँ ९ पैसा, प्रति शेयर नेटवर्थ ११८ रुपैयाँ ६७ पैसा, प्रति शेयर मूल्य ६०० रुपैयाँ र तरलता अनुपात १.०७४ प्रतिशत रहेको छ ।

 

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार