नेपाल हाइड्रो डेभलपपरको नाफा सवा २ करोड बढी

Garima_Business-Loan3

काठमाडौं । नेपाल हाइड्रोपावर डेभलपपर कम्पनीको नाफामा उल्लेखनिय वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १७ लाख ९८ हजार नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ६० लाख ३२ हजार नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी १.८७ प्रतिशतले आम्दानी बढ्दा नाफा समेत बढेको बताइएको छ । कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६८ लाख ४५ हजार आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको आम्दानी ३ करोड ६१ लाख ५४ हजार रहेको थियो ।

कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालन मुनाफा ३ करोड १५ लाख ४२ हजार रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३ करोड १४ लाख ५७ हजार रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति ५६ करोड ६० लाख, र इक्विटी ४४ करोड २७ लाख लाख रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी २४ रुपैयाँ २६ पैसा, प्रति शेयर नेटवर्थ १२३ रुपैयाँ १७ पैसा, प्रति शेयर कुल सम्पत्तिको मूल्य ६०० रुपैयाँ र तरलता अनुपात २.०९ रहेको छ ।

 

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार