१५ दिन भित्र बक्यौता नतिरे पुन: लाइन काटिन्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले १५ दिनभित्र बक्यौता रकम नबुझाए उगोगको लाइन फेरि काटिने बताएका छन् । घिसिङले १५ दिनभित्र बक्यौता रकम नउठे प्रक्रियाअनुसार अघि बढ्ने बताएका हुन् ।

‘मन्त्रिपरिषद्ले १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएको छ । यस समयमा बक्यौता नतिर्ने उद्योगमा कानुन अनुसार अघि बढ्छौं,’ उनले भने ।

यसअघि पनि बक्यौता नतिरेकैका कारण कानुनबमोजिम लाइन काटेको भन्दै उनले अहिले मन्त्रिपरिषद्को निर्णयअनुसार अघि बढेको बताए ।

आइतबारको मन्त्रीपरिषद्को वैठकले विवाद समाधान गर्न गठन लाल आयोग प्रतिवेदन सार्वजनिक गर्ने काटिएको उद्योगको विद्युत लाइन जोड्ने र टीओडी मिटरका आधारमा १५ दिन भित्रमा महशुल उठाउने निर्णय गरेको थियो ।

साथै घिसिङले उद्योगीले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा राजनीति गरेको आरोप लगाए ।

‘सधै बक्यौता तिर्ने तिरभन्दा झन् झन् विवादित बनाउने र बढी राजनीति गर्ने काम गरिरहनु भएको छ । जुन बेला लाइन काटिन्छ । उद्योगहरुले जति पनि उत्पादन गरेको हुन्छ । एक महिनालाई पुग्ने हुन्छ । सामानहरु बिक्री नभएसम्म लाइन जोड्न अघि आउनुहुन्न,’ उनले भने, ‘१०/१५ दिन भएपछि बेरोजगारी बढायो । आर्थिक स्थिति तहनसह गर्‍यो भन्दै इमोसनल ब्ल्याकमेलिङ गरेर सरकारलाई केहि न केहि निर्णय गराउन बाध्य हुन्छ ।’

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार