उद्योग संगठन मोरङलाई एसिया प्रशान्त क्षेत्रको उत्कृष्ट चेम्बरको अवार्ड

काठमाडौं । उद्योग संगठन मोरङले एसिया प्रशान्त क्षेत्रको उत्कृष्ट चेम्बरको अवार्ड प्राप्त गरेको छ।

एसिया प्रशान्त क्षेत्रका २७ भन्दा बढी देशका ८१ वटा स्थानीय औद्योगिक र व्यापारिक चेम्बरमध्येबाट उद्योग संगठन मोरङलाई यो अवार्ड दिइएको हो।

यो अवार्डसँगै दुई हजार डलर दिइएको छ।

कन्फेडेरेशन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज र सिंगापुर म्यानुफ्याक्चरिङ एसोसिएसनको संयुक्त आयोजनामा सिंगापुरमा भएको ३८औं क्यासी कन्फेरेन्सको यो अवार्ड दिइएको हो।

क्यासीले चेम्बरहरूले स्थानीय आर्थिक विकासका लागि खेलेको भूमिका, नीति निर्माणका क्षेत्रमा गरेको वहस र पैरवी, स्थानीय औद्योगिक गतिविधिमा पुर्‍याएको टेवालाई दिएको संघले जनाएको छ।

अवार्डका लागि क्यासीको सदस्य रहेका २७ मुलुकका ८१ वटा व्यावसायिक संगठनहरुले प्रतिष्पर्धामा सहभागिता जनाएका थिए।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार